कोदोको बढ्दो माग, म:मदेखि पिज्जासम्म

कोदोको बढ्दो माग, म:मदेखि पिज्जासम्म

पहिले–पहिलो कोदो खानेलाई ‘गरिब’ भनेर हेप्ने चलन थियो । तर, पछिल्लो समय भने कोदोको परिचय नै पूर्णरूपमा बदलिन पुगेको छ ।

आजभोलि सहरका ठूला होटल, रेस्टुरेन्टमा कोदोका अनेक थरी परिकार बनेर महँगो मूल्यमा बिक्री हुन थालेका छन् । पहिले गरिबको खाना भनेर हेपिएको कोदोको गुणगान अहिले भने धनीले गाउन थालेका छन् ।

कोदोमा भएका अनगिन्ती फाइदाबारे मानिसले बुझ्न थालेपछि बजारमा यसको माग र भाउ बढ्दै गइरहेको छ ।

जीवशैली र खानपानमा सचेत बन्दै गएपछि अहिले कोदोलाई सुपर र स्मार्ट फुड नै भन्न थालिएको छ ।