कुन सागसब्जी र फलफूलको मूल्य कति ?

कुन सागसब्जी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५७, आलु रातो प्रतिकिलो ५२, आलु रातो (भारतीय) प्रतिकिलो ३३, आलु रातो (मुडे) प्रतिकिलो ४६, प्याज सुकेको भारतीय प्रतिकिलो ३५, गाजर (लोकल) प्रतिकिलो १३०, गाजर (तराई) प्रतिकिलो १२०, लोकल बन्दा प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ७०, रातो मूला प्रतिकेजी ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडी प्रतिकिलो १२०, मकै बोडी प्रतिकिलो १०० कायम भएको छ ।