कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार ३०५ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन गर्न सक्नेछन् ।

सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।