कोरियाका लोकप्रीय कलाकार डेक्स ताङतिङमा
दक्षिण कोरियाका लोकप्रिय कलाकार किम जिङ येन अर्थात् डेक्स कास्कीको पर्यटकीय गाउँ ताङतिङ आइपुगेका छन्।
कोरियाली टेलिभिजन सिरिज से गेइल चु अर्थात विश्वमा एक हप्ता कार्यक्रमको छायाङ्कनका क्रममा डेक्स ताङतिङ पुगेका हुन्।
उनका टोलीमा रहेका सदस्यहरूका अनुसार नेपालका विभिन्न ठाउँमा उक्त कार्यक्रमको छायाङ्कन भइसकेको छ।
ताङतिङमा शुक्रबारदेखि सुरू भएको मेलाका बीच एमबिसी टेलिभिजनका टोलीले उक्त सिरिज छायाङ्कन गरेका थिए। छायाङ्कनकै क्रममा डेक्सले नेपाली रोटे पिङ र आर्चरी खेलेका थिए।
कलाकार डेक्सले नेटफ्लिक्स डेटिङ शो सिंगल्स इन्फर्नोको सिजन २ मा अभिनय गरेपछि लोकप्रियता कमाएका थिए।
उनले ब्लडी गेम, एड्भेन्चर बाई एसिक्डेन्ट विथ कियान ८४ लगायत फिल्म, सिरिज र नाटकमा अभिनय गरेका छन्
डेक्स नेपाली युवा पुस्तामा पनि लोकप्रिय छन्। उनको टोली अझै एक साता नेपालका विभिन्न ठाउँमा बिताउनेछ।
थर्ड पोल 