कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी भन्छन्– कुनै पनि दलले निर्वाचनमा जान्नँ भनेका छैनन्

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी भन्छन्– कुनै पनि दलले निर्वाचनमा जान्नँ भनेका छैनन्

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी नहुने भनेर कुनै पनि दलले नभनेको बताएका छन्।

आयोगले केही समयअघि दलहरूसँग छलफल गरेको थियो। 

‘दलहरूको शान्ति सुरक्षामा सबभन्दा धेरै चासो छ,’ भण्डारीले भने, ‘निर्वाचनमा जान्नँ कसैले भनेका छैनन्।’

आयोगमा भएको छलफलमा दलहरूले प्रहरीको हतियार लुटिएकोले निर्वाचन शान्तिपूर्ण हुनेमा शंका व्यक्त गरेको भण्डारीले बताए। 

‘दलहरूको भएभरका हतियार बाहिर छ। लुटेराहरूले लगेका छन्। प्रहरीको ड्रेस समेत बाहिर गएका छन्। प्रहरीलाई बस्ने ठाउँ छैन अनि शान्ति सुरक्षा नगरी आयोगले कसरी निर्वाचन गराउँछ भनेर हामीलाई प्रश्न सोधेका छन्,’ भण्डारीले भने, ‘हामीले सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्न काम गरिरहेको बतायौँ।’ 

निर्वाचन आयोगले अहिले जोडतोडले निर्वाचनको तयारी गरिरहेको भण्डारीले बताए।