कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिए निजी विद्यालय सञ्चालकहरु

कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिए निजी विद्यालय सञ्चालकहरु

काठमाडौं । आज निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकमा पूर्णछात्रवृत्तिको व्यवस्था र गैरनाफामुलक भन्ने व्यवस्था हटाउनु पर्ने उनीहरुको माग छ । माग सम्बोधन नभए विद्यालय नै बन्द गर्ने चेतावनी उनीहरुले दिँदै आएका छन् ।