कालोसूचीमा पर्ने मध्ये ८० प्रतिशत चेक बाउन्स, व्यवस्था सहज गरिँदा पनि बढ्यो संख्या

कालोसूचीमा पर्ने मध्ये ८० प्रतिशत चेक बाउन्स, व्यवस्था सहज गरिँदा पनि बढ्यो संख्या

सरकारले चेक बाउन्सका कारण कालोसूचीमा राख्ने अवधि बढाए पनि कालोसूची पर्नेको संख्या झनै बढेको छ । सरकार र नेपाल राष्ट्र बैंकले सम्बन्धित व्यक्ति वा संस्थाको आर्थिक कारोबार चक्र नबिग्रियोस् भनेर कानुनी व्यवस्था मार्फत सहजीकरण गर्दा पनि कालोसूचीमा पर्नेको संख्या नघटेको हो ।

सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दोस्रो संशोधन मार्फत रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार खातावालले आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन हुँदैन ।

धारकले उक्त चेक बैंकमा प्रस्तुत गर्दा रकम नभएमा सम्बन्धित बैंक, वित्तीय संस्था वा सहकारी बैंकले बढीमा ४५ दिनको समयभित्र खातामा रकम जम्मा गर्न खातावालालाई जानकारी गराउनु पर्ने व्यवस्था छ । सो अवधिमा पनि रकम जम्मा नगरे चेक अनादर गर्न सकिनेछ ।