केहीबेरमा एसइईको नतिजा, परीक्षा बोर्डको बैठक जारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले अबको केहीबेरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गर्दै छ। त्यसका लागि परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । यस वर्षको एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
थर्ड पोल 