खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने इलामकी चिनीमायालाई १० बर्ष कैद

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने इलामकी चिनीमायालाई १० बर्ष कैद

खाजाघरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं टोखा नगरपालिका–९ बस्ने ईलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनी माया लामा लिम्बुलाई अदालतबाट १० वर्ष कैद निर्धारण भएकाे छ ।  लिम्बुले २ जना नाबालिकालाई काठमाडौं टोखा नगरपालिका-९ मा संचालन गरेको खाजा होटलमा ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार रुपैयाँ नगद लिई वेश्यावृतीमा लगाउने गरेको आरोप छ ।

उनले नगद आफूले नै राखी पीडितहरूलाई खाना मात्र खुवाई जबरजस्ती वेश्यावृतीमा लगाउने गरेको थियो । बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्रासमा पारी बन्धनमा राखेको अवस्थामा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले शक्ति समूहको सहयोगमा जेठ १३ गते उद्दार गरेको थियाे ।

उनलाई  भएपछि मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार टोखाबाट पक्राउ गरेर अनुसन्धानपछि कारागार कार्यालय, जगन्नाथदेवल पठाएको छ ।