खोटाङ दुर्घटना : ६ जना घाइतेलाई काठमाडौँ ल्याइँदै
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँ रिफर गरिएको छ । घुर्मी स्वास्थ्य चौकीले रिफर गरेपछि ६ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको खोटाङका डीएसपी प्रतिक विष्टले बताए ।
प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको डीएसपी विष्टले जानकारी दिए । गाडी चालक फरार छन्
थर्ड पोल 