खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक पदपूर्तिको व्यवस्था गर्न नेविसंघको माग
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षक छनोट पद्धतीलाई योग्यताका आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्त हुने व्यवस्था लागू गर्न माग गरेको छ।
विद्यालय शिक्षा विधेयकमा शिक्षक पदपूर्ति आन्तरिकबाट ६० प्रतिशत र बाँकी खुलाबाट गरिने प्रस्ताव रहेकोमा नेपाल शिक्षक महासंघले आन्तरिकतर्फ ७५ र खुलातर्फ २५ राख्न माग गर्दै आएका छन्।
तर नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार विज्ञप्ति निकालेर शिक्षक छनोट पद्धतिलाई योग्यताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति हुने बनाउन माग गरेका छन्।
यसका साथै नेविसंघले इसिडी सहजकर्ताहरूले शिक्षकको मान्याता दिँदै शिक्षकहरूको मर्यादा, क्षमता, सेवासुविधा वृद्धि गर्ने र अस्थायी शिक्षक, राहत शिक्षकका हकमा गोल्डेन ह्याण्डसेक जस्ता राहत प्याकेज व्यवस्था गर्न माग गरेको छ।
थर्ड पोल 