ग्यास सिलिण्डर पड्किएर भारतमा ७ जनाको मृत्यु

ग्यास सिलिण्डर पड्किएर भारतमा ७ जनाको मृत्यु

भारतमा ग्यास सिलिण्डर पड्किएर सात जनाको मृत्यु भएको छ।

भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाथरप्रतिमामा एउटा घरमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

सुन्दरवनका एसपी कोटेश्वर रावले चार बालबालिका र दुई महिलाको घटनास्थलमै मृत्यु भएको  बताएका छन्।

अर्का एक महिला गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि अस्पताल भर्ना गराइएको र घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।