चन्द्रागिरिमा सडकमाथिबाट खसेको पहिरोले पुरियो गाडी

चन्द्रागिरिमा सडकमाथिबाट खसेको पहिरोले पुरियो गाडी

काठमाडौंको चन्द्रागिरिमा पहिरोमा परी गाडी पुरिएको छ।

शनिबार राति ९:१५ बजे चन्द्रागिरि नगरपालिका-२ मसिनेमा थानकोट आउँदै गरेको बा ५ च ११४५ नम्बरको गाडीमाथि पहिरो खसेको थियो।

पहिरोमा गाडीको पछाडिको भाग पुरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।

पहिरोमा परी मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

पुरिएको गाडि राति ११ बजे निकालिएको थियो।