चार ठाउँमा खसेको पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।
यसैगरी फ्याङलुङ र लिङलिङमा पहिरो खसेको ठाउँमा स्याफ्रुबेंशीबाट प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर थापा नेतृत्वको टोली खटिएको छ । सो टोलीले पनि बाटो खुलाउन पहल गरिरहेको प्रहरीले जनाएको छ ।
थर्ड पोल 