थापाको सभामा पुगे लिङ्देन, भने– सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प छैन
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु सहभागी भएका छन् । विरोधसभामा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताएका छन् । साथै, उनले पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अपिल समेत गरेका छन् । सोमबार राप्रपा, नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेका लिङ्देनले यस्तो अपिल गरेका हुन् ।
महाधिवेशनबाट अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि थापाले राप्रपा नेपाल नामक पार्टी खोलेर अलग भएपछि उनीहरुले विरलै मात्रामा मन्च शेयर गरिरहेका थिए । दुई अध्यक्षबिच सम्बन्ध राम्रो नभएको बताइएको बेला लिङ्देन–थापा एकै मन्चमा देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ
थर्ड पोल 