थापाथलीमा गुठीको जग्गामा महानगरको डोजर

थापाथलीमा गुठीको जग्गामा महानगरको डोजर

 काठमाडौँ महानगरपालिकाले थापाथलीमा  रहेको गुठीको जग्गामा बनेका घर टहरामा डोजर चलाएको छ । नगर प्रहरीका अनुसार गुठी संस्थानको जग्गामा अवैध ढङ्गले टहरा, घरहरू निर्माण गरेपछि महानगरले डोजर चलाएको हो 

‘हामीले गुठी संस्थानको सहकार्यमै डोजर चलाएका हौँ । ५–७ वटा घर टहरा छन्, तिनीहरू हटाउन डोजरको  प्रयोग भएको हो,’ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले रातोपाटीसँग भने । 

थापाथली चोकको ट्राफिक आइल्याण्ड नजिकै टहराहरू निर्माण भएका थिए ।