देश विकास हुन नदिने तीन प्रमुख अस्थिरता थिए, किनारा लागे: अर्थमन्त्री पौडेल
उपप्रधान मन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले देश विकासका बाधकका रूपमा रहेका तीन प्रमुख अस्थिरता किनारा लागेको बताएका छन्।
उनले जनतालाई भ्रमित पार्ने र संघीय गणतान्त्रिक व्यवस्थाको विरोध गर्नेहरूको अब कुनै भविष्य नभएको पनि बताए।
अर्थमन्त्री पौडेलका अनुसार देश विकास बाधकका प्रमुख तीन तत्व; राजावादी, राजनीतिमा देखा परेको एजेन्डाविहीन खहरेखोला प्रवृत्ति र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) हुन्।
‘प्रतिगामी तत्व राजावादी, राजनीतिमा देखा परेको एजेण्डाविहीन खहरेखोला प्रवृत्ति र सत्ता प्राप्तिका लागि प्रमुख प्रतिपक्षीको चलखेल राजनीतिमा देखा परेका अस्थिरताका प्रमुख तत्व हुन्,’ पाल्पामा आइतबार भएको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘यी किनारा लागे।’
साथै उनले २०८४ को आमनिर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन कायम रहने बताएका छन्।
थर्ड पोल 