देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित, गोपाल किराती र प्रचण्डले गरे हस्ताक्षर
नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच एकता अभियान सुरु गर्ने सहमति भएको छ । सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा भनिएको छ, ‘हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेको यथार्थ जगजाहेर छ । परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न जनयुद्धका बेला भन्ने गरिएको हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरुबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन् आउछ जसको पहलबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, (नेपाली समाजको प्रकृति अनुरुप) विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिबद्धता व्यक्त गर्दै हामीहरु सहमतिको निर्णयहरु विज्ञप्तीमार्फत सार्वजनिक गर्दछौं।’
विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने सहमति भएको छ। गोपाल किरातीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने र सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने पत्रमा उल्लेख छ।
थर्ड पोल 