निजी लगानीमा विद्यालय खोल्न पाउने गरी शिक्षा ऐनमा व्यवस्था गर्न सहमति जुट्यो
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निजी लगानीका विद्यालय खोल्न पाउनेगरी विद्यालय शिक्षा विधेयकमा व्यवस्था गर्ने सहमति जुटेको छ। आज सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकले निजी लगानीका विद्यालय खोल्न पाउने गरी विधेयकमा व्यवस्था गर्न सहमति जुटाएको हो।
सहमति अनुसार त्यस्ता (निजी लगानीका) विद्यालय सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामूलक रूपमा सञ्चालन हुनेछन् भन्ने व्यवस्था विधेयकमा गरिनेछ। विद्यालय शिक्षा ऐनको दफा ४ मा विद्यालय कसरी सञ्चालन हुने भने व्यवस्था गरिएको छ। सो दफामा समितिले सहमति जुटाएको हो।
थर्ड पोल 