नेपाल एसबीआई बैंकको ३ अर्बको ऋणपत्र आजदेखि बिक्रीमा
काठमाडौं । नेपाल एसबीआई बैंकले आज सोमबारदेखि ३ अर्ब रुपैयाँबराबरको ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ ऋणपत्र निष्कासन गरेको छ । बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। यसका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ।
थर्ड पोल 