नेप्सेमा 'अन्तिम मूल्य गणना' विधि परिवर्तन

नेप्सेमा 'अन्तिम मूल्य गणना' विधि परिवर्तन

नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि लागू हुनेगरी अन्तिम मूल्य गणना विधि परिवर्तन गरेको छ। नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्न नेप्सेलाई पत्र पठाएसँगै अन्तिम मूल्य गणना विधि परिवर्तन भएको हो।

नेपाल धितोबोर्डका अनुसार अबदेखि २: ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ।  यसअघि  पछिल्लो कारोबारलाई अन्तिम मूल्य मान्ने व्यवस्था थियो।

यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सुचांक गणना गर्ने व्यवस्था मिलाइएको हो।