नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।
बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । बुक क्लोजका लागि बैंकले भदौ ९ गते सोमबार एक दिनका लागि समय तोकेको छ ।
अन्तिममा बैंकको शेयर मूल्य प्रतिकित्ता १ हजार ३३६.६५ रुपैयाँ भएकोमा समायोजन भएपछि भने प्रतिकित्ता ७१८.३३ रुपैयाँ कायम भएको छ ।
थर्ड पोल 