पाँचथरको कात्तिके डाँडामा सवारी दुर्घटनाः ६ जनाको मृत्यु, ६ घाइते

पाँचथरको कात्तिके डाँडामा सवारी दुर्घटनाः ६ जनाको मृत्यु, ६ घाइते


काठमाडौं । आज बिहान पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  ६ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट इटहरी जाँदै गरेको बोलेरो गाडी  तमोर करिडोरमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु र घाइते भएकाहरुको सनाखत हुन सकेको छैन ।