पुटिनसँग वार्ताअघि ट्रम्पले युरोपेली नेताहरूसँग सहमति गरेका पाँच विषय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित शिखर वार्ता शुक्रबार हुँदैछ।
अलास्कास्थित अमेरिकी सैन्य अड्डामा दुई देशका राष्ट्रप्रमुखबीच युक्रेनमा युद्धविराम गर्ने सन्दर्भमा भोलि वार्ता हुन लागेको हो।
यो वार्तामा युद्धरत युक्रेन भने सहभागी हुनेछैन।
युक्रेनको प्रत्यक्ष सहभागीता नहुने भएपछि युरोपेली नेताहरूले संयुक्त रूपमा ट्रम्पसँग युद्धविरामका सन्दर्भमा युक्रेन र युरोपको सिद्धान्त र सर्तहरू प्रस्तुत गरेका छन्।
बुधबार ट्रम्पसँग भर्चुअल संवादका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरुले ट्रम्पलाई पुटिनसँग युक्रेनमा युद्धविरामबारे वार्ताका लागि आफ्ना पाँच वटा सिद्धान्त र सर्त राखेका थिए।
अमेरेकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार ती पाँचै सिद्धान्त वा सर्तमा ट्रम्प राजी भएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्की र जर्मन चान्स्लर फ्रेडरिक मर्जले पनि ती सर्तहरुमा ट्रम्प सहमत भएको पुष्टि गरेका छन्।
भर्चुअल संवादमा प्रस्तुत भएका ती सिद्धान्तहरु जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन्।
पहिलो सर्त युद्धविराम सहमतिमा युक्रेनको संलग्नताबारे छ।
थर्ड पोल 