पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दायर
काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।पक्राउ नगरि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
थर्ड पोल 