प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी ओम प्रसाद थपलियालाई ४३ मतले पछि पार्दै थापा अध्यक्ष चुनिएका हुन् । थापाले २५६ र थपलियाले २१३ मत पाए ।

यसैगरी महिला उपाध्यक्षमा यसोदा देवी खरेल निर्वाचित भइन् । उनले अर्की प्रतिस्पर्धी हिमा देवी बस्नेतलाई १५३ मत अन्तरले हराइन् । खरेलले ३०५ मत पाएर निर्वाचित हुँदा बस्नेतको पक्षमा १५२ मत परेको छ ।

खुला उपाध्यक्ष पदमा भिसेन बन्जारा निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव पदमा भुवन प्रसाद निरौला निर्वाचित भएका छन् । उनले १६३ मत पाए । महासचिव पदमा निरौलाका निकटतम प्रतिस्पर्धी शिव अर्यालले ११६ मत पाए । अन्य प्रतिस्पर्धीहरुमा देवीप्रसाद भट्टराईले ८३ र शान्तिराम खतिवडाले २७ मत पाए ।

उपमहासचिव पदमा बाबुराम राई २१७ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी सहकुल खत्रीले ११८ मत पाए । अर्का प्रत्यासी अनन्तराज लुइँटेलले ११२ मत पाए ।

सचिव पदमा युवक कुमार गौतम र मुकुन्द प्रसाद अधिकारी निर्वाचित भए । गौतम १३९ मत पाएर सचिव चुनिएका हुन् । अधिकारी र हरिप्रसाद मैनालीको बराबर १३१ मत आएपछि गोलाप्रथाबाट अधिकारी सचिव चुनिए ।

कोषाध्यक्ष पदमा कुमार प्रसाद घिमिरे २९२ मतसहित निर्वाचित भए ।