प्रतिक्रियावादीहरू माओवादीलाई विभाजन गर्न ज्यान छाडेर लागेका छन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रियावादीले माओवादीलाई विभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन्। आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औं बोत्ले स्मृति दिवसमा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरि कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका हुन्।
अहिले सबै माओवादीधाराहरू र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने प्रयास गरेको उल्लेख गर्दै प्रचण्डले एकता हुन नदिन प्रतिक्रियावादीहरू पनि ज्यान छाडेर लागेको धारणा राखे। प्रचण्डले माओवादीले आफूलाई एकताबद्ध गर्न नसके प्रतिक्रियावादीले प्राप्त उपलब्धीलाई समेत उल्टाउने खतरा रहेको बताए।
थर्ड पोल 