प्रधानमन्त्रीसँग कुराकानी गर्न बालुवाटार पुगे देउवा

प्रधानमन्त्रीसँग कुराकानी गर्न बालुवाटार पुगे देउवा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री ओलीसहित एमाले र कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा बिहीबार मध्याह्न छलफलमा जुटेका हुन्।

छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन्।

कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक छन्।

उनीहरूबीच मन्त्रिपरिषद हेरफेर, बागमती प्रदेश सरकार र पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी हुनेछ।