प्रभु बैंक लिमिटेड तथा कृषिबजार व्यवस्थापन समितिबीच विषेश सम्झौता

प्रभु बैंक लिमिटेड तथा कृषिबजार व्यवस्थापन समितिबीच विषेश सम्झौता

काठमाडौं। प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ शान्तिबन वाटिका स्थित कृषिबजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारीको लागिमिति २०८२/०१/०१ मा एक कार्यक्रमकावीच सम्झौता भएको छ ।कास्कीजिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषिव्यवस्थापन समितिमातहत सञ्चालित स्टलहरुबाट विक्रीवितरण भइरहदा दैनिकहुने आर्थिक कारोवारलाई सहज बैंकिङ पहुँचसहितडिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोवारमा सहजीकरणको उद्देश्यलाईप्रभु बैंक लिमिटेड रकृषिबजारव्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा कृषि बजार व्यवस्थापन समितिकातर्फबाट अध्यक्षनवराज दुवाडीतथाप्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानालेहस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा समितिकातर्फबाट अध्यक्षश्री नवराज दुवाडीले वैंकप्रतिआभार प्रकट गर्दै यो सम्झौताले समितिमातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोवारमा सहजता प्राप्त हुने विश्वास व्यक्त
गरेका छन् ।

त्यस्तै बैंककातर्फबाट प्रमुखप्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवामार्फत कृषिबजारको आर्थिक कारोवारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् ।उक्त सम्झौताले पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन वाटिका स्थित कृषिबजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालित व्यवसायिहरुलाई दैनिक कारोवारनगद रहीत बनाउने उद्देश्यका साथक्यू.आर. कोड, डिजिटल भुक्तानी तथा कारोवारका लागिआवश्यकइन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ ।यसका साथैे व्यवसायविस्तारका लागिप्रभु बैंकले वैंकको व्यवसायिहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।