पालिकाकी कार्यालय सहयोगी मृत भेटिएको घटना: परिवारले दिए आत्महत्या दुरूत्साहनमा उजुरी

पालिकाकी कार्यालय सहयोगी मृत भेटिएको घटना: परिवारले दिए आत्महत्या दुरूत्साहनमा उजुरी

रूकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहयोगी २३ वर्षीया कोइली शाह मृत भेटिएको घटनामा उनका परिवारले आत्महत्या दुरूत्साहनमा निवेदन दिएका छन्।

असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा कोइली मृत भेटिएको घटना पीडिततर्फका परिवारले आत्महत्या दुरूत्साहनमा उजुरी दिएपछि सोअनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए।

उनले किटानी जाहेरी नभई निवेदन मात्रै आएकाले अनुसन्धानकै चरणमा रहेको बताए।

‘निवेदन परेको मात्रै हो, किटानी जाहेरी परेको होइन,’ यादवले भने, 'अनुसन्धान भइरहेको छ।'

शवको पोस्टमर्टम रिपोर्ट पनि आइसकेको छैन।

स्रोतका अनुसार युवतीका परिवारले प्रेस चौतारी रूकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीलगायतका व्यक्तिविरूद्ध उजुरी परको छ। उजुरी परेपछि उनी मोबाइल अफ गरेर सम्पर्कविहीनर रहेको प्रहरी स्रोतले बताएको छ।   

२७ वर्षीय खत्रीलगायतका व्यक्तिहरूविरूद्ध परिवारले आइतबार निवेदन दिएका थिए।