फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 


काठमाडौं ।  आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार एकैदिन २ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने तोलामै २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य बढेसँगै बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो ।


सुनको मुल्य बढिरहँदा बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेको छ । गोल्ड प्राइसका अनुसार आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २९१८ डलरमा किनेबच भइरहेको छ ।