बैंकिङ प्रणालीमा तरलता बढ्दैः फेरि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ  प्रणालीमा  तरलता बढ्दैः फेरि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ। आज दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट केन्द्रीय बैंकले यो रकम संकलन गर्ने तयारी गरेको छ।

तरलता व्यवस्थापनलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणको प्रयोग गरिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग लगाउन सक्ने गरी बोलकबोल गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन २१ दिनको अवधि सम्मको हुनेछ, जसको साँवा तथा ब्याज फागुन २५ गते भुक्तानी गरिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्।