बागमती मुख्यमन्त्रीबाट लामाले आज राजीनामा दिने, बानियाँ बन्दैछन् नयाँ मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले राजीनामा दिने भएका छन्।
मुख्यमन्त्री लामाले आइतबार नै प्रदेशप्रमुख सक्षम राजीनामा बुझाउने कांग्रेस बागमती प्रदेश संसदीय दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए।
'मुख्यमन्त्री ज्यूले आजै राजीनामा दिनुहुन्छ। हामी काठमाडौंबाट हेटौंडा जाँदैछौं,' चित्रकारले सेतोपाटीसँग भने।
बागमतीमा साउन १४ गते ईन्द्र बानियाँ कांग्रेस संसदीय दल नेता चयन भएका थिए।
त्यतिबेला बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए। हालका मुख्यमन्त्री लामाको पक्षमा १५ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो।
बागमतीमा कांग्रेसका ३७ सांसद छन्।
संविधानतः मुख्यमन्त्री बन्नका लागि दल नेता हुनुपर्ने प्रावधान नरहेको दाबी गर्दै लामाले दल नेता पराजित भए पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएका थिए।
त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई काठमाडौं बोलाएर छलफल गरेका थिए।
थर्ड पोल 