बागमतीका मुख्यमन्त्री बानियाँले भेटे उपप्रधानमन्त्री सिंहलाई

बागमतीका मुख्यमन्त्री बानियाँले भेटे उपप्रधानमन्त्री सिंहलाई

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटेका छन्।

बिहीबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच संघीय सरकार र प्रदेश सरकारबीच सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी भएको थियो।

भेटमा उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियाँलाई बधाई दिएका थिए।

सफल, पारदर्शी र जनमुखी कार्यकालको उनले शुभकामना दिएका थिए।

बाग्मती प्रदेशका प्रमुख सहरी पूर्वाधार निर्माण, स्मार्ट सिटी परियोजना, यातायात व्यवस्थापन, अव्यवस्थित बसोबासको पुनः व्यवस्थितीकरण र वातावरणमैत्री विकासका कार्यक्रमबारे उनीहरूबीच कुराकानी भएको मन्त्री सिंहको सचिवालयले जनाएको छ।