बससेवाको भ्यालेन्टाइन अफर, हरेक टिकटमा ५ सय सम्म छुट
काठमाडौं । भ्यालेन्टाइन डेमा बससेवाको अफर, भारी छुटमा घुम्न जाऊँ सरर भन्ने नाराका साथ बससेवा डटकमले भ्यालेन्टाइन डेका अवसरमा छुट अफर ल्याएको छ। देशका विभिन्न गन्तव्यमा जाने यात्रुलाई टिकट काट्दा पाँच सय रुपैयाँसम्मको छुट दिने अफर ल्याएको हो।
कम्पनीका अनुसार अफरमा देशभरका जोकोही पनि सहभागी हुन सक्नेछन्। अनलाइनमार्फत् बस टिकट काट्नेहरूको संख्या बढिरहेको अवस्थामा जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न यात्रुलाई अभ्यस्त बनाउन यस्तो अफर ल्याइएको हो।
अफर फागुन १० गतेसम्म सञ्चालन हुने बससेवाले जनाएको छ। बससेवाले आफ्नो मोबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने यात्रुलाई अफरको सूचीअनुसार छुट उपलब्ध गराउने जनाएको छ।
थर्ड पोल 