भारतबाट फर्किएका युवकको बाटोमै हत्या, ५ वर्षपछि पक्राउ परे आरोपी
अछाममा कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्।
जिल्लाको रामारोशन गाउँपालिका – ६ का ३६ बर्षीय झपड साउँद र ३४ बर्षीय कुले साउँद आइतबार बेलुकी पक्राउ परेका हुन्।
फरार प्रतिवादीलाई खोज तलास गर्ने क्रममा प्रहरी चौकी सान्तडाबाट खटिएको प्रहरी टोलीले रामारोशन – ६ स्थित भाटाकाटियाबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले पक्राउ परेका दुबै जनाबिरुद्ध रामारोशन – ६ कै गगन साउँदको कर्तव्य गरी हत्या गरेको सम्बन्धि मुद्दा छ। त्यसयता दुबै जना फरारको सूचिमा थिए।
२०७८/०७/२१ गते रम्तडादेखि टुडिसैन जाने बाटो बीचको सालघारीमा गगनको हत्या गरेको अवस्थामा शव फेला परेको थियो।
डिएसपी भण्डारीका अनुसार गगन त्यो दिन छिमेकी देश भारतबाट घर फर्किरहेका थिए।
उनी रोजगारीका लागि भारत आउजाउ गरिरहन्थे। हत्यामा संलग्न भनिएका व्यक्तिहरुसँग गगनको पहिलै चिनजान थियो। उनीहरु आपसमा साथी साथी थिए। उनीहरु नातेदार पनि हुन्।
घर आउँदै गरेका गगनको बाटोमा दुई साथीहरुसँग भेट भएपछि उनीहरु मिलेर बिचमै मदिरा सेवन गरेका थिए। त्यही बीचमा श्रीमतिले फोन गर्दा गगनले आफू गाउकै झपड र कुलेसँग बाटोमा भेट भएको हुँदा नास्ता खाएर संगै आउने खबर गरेका थिए।
थर्ड पोल 