भेस्पा र अप्रिलिया स्कुटरले ल्यायो आकर्षक एक्सचेन्ज अफर

भेस्पा र अप्रिलिया स्कुटरले ल्यायो आकर्षक एक्सचेन्ज अफर

काठमाडौं । नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ग्राहकहरूका लागि आकर्षक एक्सचेन्ज अफर ल्याएको छ । ‘अपग्रेड टु प्रिमियम’ नामक विशेष एक्सचेन्ज अफरमा ग्राहकहरूले कुनै पनि ब्रान्ड र अवस्थाको आफ्नो पुरानो दुईपांग्रे सवारी साधनलाई नयाँ भेस्पा वा अप्रिलिया स्कुटरसँग साट्न सक्ने कम्पनीले जनाएको छ । साथै १५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सक्नेछन्।

यो अफर सीमित अवधिको लागि मात्र हो। वैशाख १७ गतेदेखि २३ गतेसम्म चल्ने यो अफर देशभरिका भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ। डेल्टा अटोकर्पले ग्राहकहरूलाई उत्कृष्ट स्कुटर अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको हो।