मोटरसाइकल दुर्घटनामा बरिष्ठ कृषि अधिकृत माधव लम्सालको ज्यान गयो

मोटरसाइकल दुर्घटनामा बरिष्ठ कृषि अधिकृत माधव लम्सालको ज्यान गयो

स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा बरिष्ठ कृषि अधिकृत ४५ बर्षीय माधवप्रसाद लम्सालको ज्यान गएको छ । लम्साल आफैले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल हिजो दिउँसो पुतलीखेत–सतौं भित्री पक्की सडक अन्तर्गतको पुतलीबजार नगरपालिका–१४ आम्बोटमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनापछि लम्साललाई जिल्ला अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । मृतक लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख हुनुहुन्थ्यो । उहाँको स्थायी घर स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा पर्छ ।