मिथिलाञ्चलका चेलीबेटीमा सामा चकेवाको रौनक

मिथिलाञ्चलका चेलीबेटीमा सामा चकेवाको रौनक

स–साना माटाका आकर्षक मूर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वमा मैथिली नारीहरूले मनाइरहेका छन् । कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलकी चेलीबेटीहरूले मनाउने गर्छन् । 

कार्तिक शुक्ल पूर्णिमा सम्म विभिन्न सुरिला गीतहरू गाएर सखी सहेलीहरू सँगै सामा चकेवा पर्व मनाइरहेका छन् । सामा चकेवा पर्वलाई भाइ बहिनी बिचको अगाध प्रेमको प्रतीकको रूपमा लिन सकिन्छ ।

यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र हुन् । दुईटैलाई चराको आकृतिको रूपमा माटोले बनाइएको हुन्छ । सामा चकेवा खेलमा श्रीमान् श्रीमतीको बारेमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउँदै बडो घृणाले गीत गाउँछन् ।