म्याग्दीमा पहिरोमा परि एक जनाको मृत्यु, एक बेपत्ता

म्याग्दीमा पहिरोमा परि एक जनाको मृत्यु, एक बेपत्ता


काठमाडौं ।  मनसुन सक्रिय भएसँगै जिल्लामा बाढी पहिरोका घटना बढेका छन् । यसैक्रममा म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । आज दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका सरोज बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । 

दिउँसो १२ बजेतिर घरनजिकैको पाखो बारीमा घाँसदाउरा गर्न गएका बाबुछोरा पहिरोमा परेका हुन् ।  बेपत्ता बालकको खोजीका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ । आज  नै म्याग्दीको धौलागिरिमा पहिरो खस्दा झन्डै १० मिनेट म्याग्दी नदी थुनिएको थुनिएको थियो । गएराति १० बजेदेखिको वर्षाले गएराति १० बजेदेखिको वर्षाले पहिरो खसेको हो ।