म्यानमार भूकम्पः मृत्यु हुनेको संख्या १४४ पुग्यो, साना–साना परकम्प जाने क्रम जारी

म्यानमार भूकम्पः मृत्यु हुनेको संख्या १४४ पुग्यो, साना–साना परकम्प जाने क्रम जारी

काठमाडौं । म्यानमारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । ७ सय ३२ जना घाइते भएको जनाएको छ।म्यानमारको माण्डले केन्द्रबिन्दु भएर शुक्रबार ७।७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । उद्धारकर्मीहरू रातभर घाइते तथा भग्नावशेषमा पुरिएकाहरूको खोजीमा खटिएका छन् । 

साना–साना परकम्प जाने क्रम जारी छ । भूकम्पले मा्णडले, सगाइङ्ग, नेपिडा लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । भूकम्पबाट कैयौँ संरचना ध्वस्त बनेका छन् । भूकम्पले म्यानमारको छिमेकी देश थाइल्यान्डमा पनि क्षति पुगेको छ । एक निर्माणाधीन भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ । एक सय बढी व्यक्ति फसेका छन् । केहीलाई उद्धार गरिएको छ ।