रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी

रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी

रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान यात्रुवाहक बसमा आगलागी भएको छ। आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले जनाएका छन्।

काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, बसको ब्रेक जाम भएर तार सर्ट भएपछि गाडी एक्कासी रोकिएको थियो। बस रोकिनासाथ यात्रुहरू सबै बाहिर निस्केकाले कुनै पनि मानवीय क्षति हुन पाएन।