रूपन्देही-३ को उपनिर्वाचनका लागि एमालेबाट चार जना आकांक्षी
प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट ४ जना आकांक्षी देखिएका छन्।
एमाले ३ नं क्षेत्रीय समन्वय समितिको शुक्रबारको विस्तारित बैठकमा ४ जनाले मात्रै उम्मेदवार हुन आकांक्षा व्यक्त गरेको एमालेले जनाएको छ। आकांक्षीहरू सबै पुरुष छन्।
नेकपा एमालेले भने एक जना अनिवार्य महिला सहित ३ जनाको नाम सिफारिस गर्न भनेको थियो।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा सोही क्षेत्रको इन्चार्ज समेत रहेका खिमलाल भट्टराई, सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख हरि अधिकारी, व्यवसायी शशी पौडेल र भैरहवाका यज्ञ जित शाहले उम्मेदवारमा दाबी गरेका छन्।
थर्ड पोल 