रुपन्देही–३ मा उमेदवार हुने आकांक्षाले रास्वपा केन्द्रीय सदस्य कुसुमले समानुपातिकको सूचीबाट नाम हटाउन दिइन् निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य कुसुम महर्जनले प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीबाट आफ्नो नाम हटाउन निवेदन दिएकी छन्।
रास्वपा प्रवक्ता मनिष झालेसमानुपातिकको सूचीबाट नाम हटाउन पार्टीमा उनको उनको निवेदन परेको बताए।
कुसुमको निवेदनमाथि मंगलबार दिउँसो तीन बजे बस्ने सचिवालय बैठकमा छलफल हुँदैछ।
‘उहाँको निवेदन आएको छ। आज बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुनेछ। यो एउटा प्रक्रियाको कुरा हो,’ उनले भने।
केन्द्रीय सदस्य महर्जनले रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्ने हिसाबले आफूले समानुपातिकको सूचीबाट नाम हटाउन खोजेको बताइन्। समानुपातिकको बन्द सूचीमा भएको व्यक्ति प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाउने कानुनी प्रबन्ध छ।
उनले आफ्नो व्यक्तिगत चाहनामा भन्दा पनि पार्टीसँग सल्लाह गरेरै नाम फिर्ता लिन खोजेको बताइन्।
थर्ड पोल 