राप्रपामा लिङ्देन र धवल शम्शेर गुट भेलामा, बढ्दो मतभेद

राप्रपामा लिङ्देन र धवल शम्शेर गुट भेलामा, बढ्दो मतभेद

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पछिल्लो समय मतभेद बढ्दो छ।

अहिले मतभेद बढ्नुमा अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनीत केही पदाधिकारीहरूलाई पदमुक्त गर्नु र अधिवेशनका लागि 'एकलौटी' रूपमा जिल्ला तथा स्थानीय तहहरूमा पर्यवेक्षक तोक्नु हो।

अध्यक्ष लिङ्देनको कार्यशैलीमा महामन्त्री धवल शम्शेर राणाले असहमति जनाएका छन्।

उनलाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, अनुशासन समितिका निवर्तमान अध्यक्ष नवराज सुवेदी, उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तिकुमारी शाही, प्रवक्ता सगुनसुन्दर लावती लगायतले खुलेरै साथ दिएका छन्।

अध्यक्ष लिङ्देनले असार २५ गते सुवेदी र लावती तथा साउन २ गते गिरीलाई पदमुक्त गरेका थिए। उनीहरू पुनर्बहालीको माग गर्दै निर्वाचन आयोग पुगेका थिए।