लुम्बिनी प्रदेश सभा सदस्य रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी

लुम्बिनी प्रदेश सभा सदस्य रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं ।  जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीविरुद्ध पर्सा जिल्ला अदालतले चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी भएको हो । 

जनमतकै नेतृ आशा कुमारी चौहानले पाँच लाख ५० हजार रुपैयाँ सापटी लिएर चेक दिँदा बाउन्स भएको भन्दै उजुरी दिएपछि अदालतले जेठ १६ गते पुर्जी जारी गरेको हो।

पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई रायमाझीको घरमा खानतलासी गरी पक्राउ गर्न पत्राचार गरे पनि पत्र अझै नपुगेको जनाइएको छ। जनमत पार्टीले यो विषय व्यक्तिगत भएको बताउँदै पार्टीस्तरमा छलफल नभएको स्पष्ट पारेको छ। रायमाझी यसअघि जसपाबाट सांसद बनिसकेकी छन् र दुईपटक मन्त्रीसमेत भइसकेकी हुन्।