विदेशमा बस्ने डेढ करोड बंगलादेशीले पहिलो पटक चुनावमा भोट हाल्न पाउने
बंगलादेशको निर्वाचन प्रणालीमा लामो समयदेखि बेवास्ता गरिएका लाखौँ प्रवासी, जसमा राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड मानिने आप्रवासी कामदारहरू पनि पर्छन्, ले अब राष्ट्रिय चुनावमा पहिलो पटक मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले लोकतान्त्रिक प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्न यो कदम चालेको हो।
निर्वाचन आयोगको अनुमानअनुसार खाडी मुलुक, युरोप, अमेरिका र दक्षिणपूर्वी एसियामा करिब १ करोड ५० लाख बंगलादेशी प्रवासीहरू छन्। यो सङ्ख्या देशको कुल मतदाताको १० प्रतिशतभन्दा बढी हो।
पूर्वप्रधानमन्त्री शेख हसिना र उनको आवामी लिग पार्टी सन् २०२४ को जनआन्दोलनपछि अपदस्थ भएपछि गठित अन्तरिम सरकारले निर्वाचन, न्यायिक र विधायी प्रणालीसहित प्रमुख राज्य संस्थाहरूमा सुधार ल्याउन विभिन्न कदम चालेको छ। प्रवासीहरूको सहभागितालाई सहज बनाउन निर्वाचन आयोगले ‘पोस्टल भोट बिडी’ (Postal Vote BD) नामक एक मोबाइल एपको सहयोगमा हुलाक मतपत्र प्रणाली सुरु गर्दैछ।
थर्ड पोल 