सिंगटी हाइड्रो इनर्जीले बोलायो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले फागुन १ गते वार्षिक साधारण सभा बस्ने भएको छ। कम्पनीले लगानीकर्ताहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको हो।सिंगटीले १र१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ।
हकप्रद सेयर निष्कासनको लागि कम्पनीले बुक क्लोज पनि गरिसकेको छ। त्यसैले सभामा हकप्रद सेयर जारी गर्ने सम्बन्धमा कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, माघ १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।सभा धुम्रबराह भेन्यू, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। हाइड्रोपावरले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो।



थर्ड पोल 