सत्ताको मनोमानीविरुद्ध जेनजीको प्रतिवाद
‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेको छ । केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।
उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् । यसको नेतृत्व कसले गर्छ, थाहा छैन । कसले सम्हाल्छ थाहा छैन । तर, उद्देश्य छ सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’
टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलेको देखिन्छ । चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुनेछ ।
यो आफैँमा कति लामो जान्छ वा सामाजिक सञ्जालमा हल्ला भएजस्तो प्रभाव पार्छ/पार्दैन समयले देखाउला । तर, सामाजिक सञ्जाल बन्द भएको यो अवस्थामा सञ्जालबाटै घोषणा भएका यी आन्दोलनलाई सकारात्मक रुपमा हेर्नुपर्ने टिप्पणी अत्यधिक आइरहेका छन् । पुराना पुस्ताका नागरिकले पनि जेनजीको यो आन्दोलनलाई साथ दिने भन्दै समर्थन जनाइरहेका छन् ।
थर्ड पोल 