सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४ सय रुपैयाँमा किनबेच भएको छ ।

आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।